बलिउड तथा दक्षिण भारतीय चलचित्रका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।
रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई शुक्रबार हैदरवादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको हो ।
रक्तचाप सामान्य नभएसम्म उनलाई चिकित्सकको निगरानीमा राखिने बताइएको छ ।
केहीदिन अघि उनको कोरोना समेत परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी उनको स्वस्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।
रजनीकान्त पछिल्ला केही दिनदेखि फिल्म सुटिङका क्रममा हैदरवादमा थिए ।
सुटिङकै क्रममा ८ जनलाई कोरोना पोजिटिभ देखिएपछि सुटिङ रोकेर उनी कडा निगरानीमा आइसोलेसनमा बसेका थिए ।