काठमाडौं । काठमाडौंको मुटु मानिने असन इन्द्रचोकमा बिहानैदेखि सामान किन्नेहरुको भीड लागेको छ । हिन्दुहरुको महान पर्व बडा दशैँ सुरु भएलगत्तै उक्त क्षेत्रमा सामान किन्नेहरुको भीड देखिएको हो ।
दैनिक उपभोगका सामानदेखि लत्ता कपडा र अन्य वस्तु खरिद गर्न राजधानी र आसपास क्षेत्रमा बसोबास गर्नेहरु यहाँ पुग्ने गरेका छन् ।
कोरोना संक्रमण जोखिमका कारण निषेधाज्ञा जारी हुँदा पातलिएको भिड अहिले साविकको अवस्थामा फर्किसकेको छ । अझ साँझ पर्न थालेपछि सो क्षेत्रमा भीड बढ्ने गरेको छ ।