मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरस (कोभिड(१९) विरुद्ध लड्न सार्कले बुद्धिमतापूर्ण प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड(१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले बुद्धिमतापूर्ण प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा आइतबार भएको सार्क राष्ट्रका प्रमुखबीचको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

कन्फरेन्समा उनले कोरोनाविरुद्ध लड्न सार्कको साझा धारणा बनाउन पहल कदमी गरेको भन्दै ओलीले मोदीलाई धन्यवाद दिएका थिए । 

उनले सार्कको बुद्धिमत्तापूर्ण सामूहिक प्रयासले कोरोनाविरुद्ध लड्न ठोस र बलियो रणनीति बनाउन सहयोग पुग्ने पनि बताएका थिए ।

कोरोनाविरुद्ध लड्न नेपाल तयार रहेको बताउँदै ओलीले अब सार्क राष्ट्रले ठोस पहल हुनुपर्नेमा जोड दिएका छन् । 

कन्फरेन्समा प्रधानमन्त्री ओलीले सार्कक्षेत्रका लागि एक ठोस र बलियो रणनीति बनाउन यसले मद्दत पु¥याउने पनि बताए । उनले भने, ‘अब ढिलो नगरी सामूहिक रूपमा पहल थाल्नुपर्छ ।’ 

उनले कोरोनाविरुद्ध आफ्नो देशले गरेका कार्य पनि कन्फरेन्समा उल्लेख गरेका थिए । 

यो पनि