सरकारले कोरोना भित्रिन नदिनका लागि एक पछि अर्को गर्दै कडाइ गइरहेका बेला अस्थायी अस्पिटल बन्ने क्रमले पनि निरन्तरता पाएको छ ।
चितवनको भरतपुरमा ७२ घन्टाभित्र ७० शैय्याको हस्पिटल निर्माण कार्य सम्पन्न भएसँगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ ।
अस्पताल शनिबारसम्म सञ्चालनमा ल्याउने गरी निर्माण कार्य सक्ने गरी बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।
बुटवल उप-महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० मा बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा उक्त अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
हस्पिटल बनाउनका लागि नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा काममा खटिएका छन् ।
बुटवलमा कोरोना भाइरसको संक्रमण नभए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी दैनिक चार÷पाँच गरेका प्रदेश ५ स्वास्थ्य निर्देशक डा विनोद गिरी बताए ।