काठमाडौं । मंगलबार चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुने युवालाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
कोरोनाको आशंकामा यादवको शव उक्त अस्पतालमा राखिएको थियो । अब भने उनको शव परिवारको जिम्मा लगाइने अस्पताल स्रोतले जनाएको छ ।