मंसिर ०७, २०८१, शुक्रबार
               

रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित खानुहोस् यी खानेकुरा

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) कमजोर भएपछि मानिसलाई विभिन्न रोग (भाइरस) ले तुरुन्तै आक्रमण गर्छ । 

यसकारण तपाइँले आफ्नो इम्युनिटी पावर बढाउनेतर्फ सधैं सजह रहन आवश्यक छ ।

इम्युनिटी पावर बढाउन तपाइँले खान–पानमा विशेष ध्यान दिनु आवश्यक छ । 

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट  पनि इम्युनिटी पावर कमजोर भएका व्यक्ति बढी संक्रमित भइरहेका छन् । स–साना बच्चा र वृद्ध वृद्धालाई भाइरसले चाडै आक्रमण गर्छ ।

इम्युनिटी पावर बढाउन नियमित यी खानेकुरा खाने गर्नुहोस्ः 

अमिलो फलः इम्युनिटी पावर बढाउन भिटामिन सीयुक्त फलफुल खाने गर्नुहोस् । अंगुर, सुन्तला, जुनार निम्बु (कागती) लगायतका भिटामिन सीयुक्त फलफुल नियमित सेवन गर्नुहोस् ।

क्यापसिकम(रातो): अमिलो फलफुलको तुलनामा क्यापसिकममा भिटामिन सीको मात्रा बढी हुन्छ । यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन के तथा बिटा क्यारोटिन भरपूर मात्रामा हुन्छ । भिटामिन सीले इम्युनिटी पावर बढाउनुका साथै त्वचालाई स्वस्थ बनाउन मदत गर्छ । बिटा क्यारोटिनले आँखालाई राम्रो गर्छ ।

ब्रोकाउलीः स्वास्थ्यको हिसाबमा तरकारीहरुमा सबैभन्दा उत्कृष्ट तरकारी हो ब्रोकाउली । ब्रोकाउलीमा भिटामिन ए, सी र ई सँगै प्रोटिन, क्याल्सियम कार्बोहाइड्रेट लगायतका पोषक तत्व पाइन्छ ।

अदुवाः अदुवा स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । तपाइँले आफ्नो खानपिनमा अनिवार्य यसको प्रयोग गर्नुहोला । महसँग अदुवा सेवन गर्नु झनै राम्रो हुन्छ । इम्युनिटी पावर बढाउन अदुवाको नियमित सेवन गर्नुहोस् ।

लसुनः लसुनमा पनि एन्टी भाइरल तत्व पर्याप्त पाइन्छ । सुप तथा सलाद बाहेक लसुन काँच्चै खान पनि सकिन्छ । महसँग पनि तपाइँ लसुनको सेवन गर्न सक्नुहुन्छ ।

गाजरः नियमित गाजर सेवनले इम्युनिटी पावर बढाउन सहयोग गर्छ ।

तुलसीः तुलसी पानीमा राखेर सेवन गर्नु निकै स्वास्थकर हुन्छ । इम्युनिटी पावर बढाउनको लागि हरेक दैनिक बिहान तुलसी सेवन गर्नुहोस् ।

पालकः ब्रोकाउलीजस्तै पालक पनि स्वास्थ्यको हिसाबले निकै राम्रो मानिन्छ । 

बदामः बदाममा भिटामिन ई पाइन्छ । 

बेसारः मसालामध्ये सबैभन्दा उत्तम मसाला हो बेसार । बेसारले मांसपेशी बलियो बनाउने काम गर्छ । 

मेवाः मेवामा भिटामिन बि र सी र पोटासियम लगायतका अन्य गुण हुन्छ । यसले पाचन पक्रियामा समेत मदत पुर्याउने काम गर्छ ।

बेरिजः अंगुर, ब्लु बेरिज, क्यानबेरिज, स्ट्राबेरिज, डार्क चकलेट स्वास्थ्यको लागि लाभदायक मान्छि ।

नरिवलको तेलः नरिवलको तेल स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । 

योगर्टः योगर्ट सेवनले तपाइँको इम्युनिटी पावर बढाउन सहयोग गर्छ । 

ग्रिन टीः शरीलाई स्वस्थ राख्न नियमित ग्रिन टी सेवन गनुृहोस् । यसले शरिरमा रहेको हानिकारक तत्वलाई बाहिर ल्याउनमा मदत गर्छ । यसको सेवनले पाचन शक्ति समेत बढाउँछ ।  

यो पनि