मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारसँग के कति स्वास्थ्य सामग्रीहरू छन् ?

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

नेपालमा हाल स्वास्थ्य  सेवा विभाग, व्यवस्थापन महाशाखासँग  पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा१ हजार ५ सय ९३, एन ९५ मास्क २४ वटा रहेकाे स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी गराएकाे छ । 

साथै चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ । 

यता कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका हुन् ।

साथै संक्रमित महिलासँग घरमा रहदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए । जहाजमा संगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उन बताए ।

 नेपालमा अहिले सम्म ६ सय १०वटा नमुना परिक्षण भएकोमा २ वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको मन्त्रालयले जनाएकाे छ । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको मन्त्रालयका प्रवक्ता देवकाेटाले बताए । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन भने ५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका विरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परिक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताउनुभयो । उहाँले विरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि