काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका दुई बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
शनिबार भैरहवाको भीम अस्पतालमा भर्ना भएका रुपन्देहीका १० वर्षीय बालक र प्युठानका २० वर्षीय युवकको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
दुवैजनाको स्वाब परीक्षणका गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले दुवैमा कोरोना नेगेटिभ भएको जनाएको हो ।
हालसम्म दुईजना मात्रै कोभिड–१९ संक्रमणको आशंकामा उपचारका लागि भर्ना भएको बताउँदै भीम अस्पतालले हाल ३० बेडको कोरोना उपचार केन्द्र बनिरहेको र तीन दिनभित्र तयार हुने अस्पतालले जानकारी दिएको छ ।