काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् ।
आज प्रधानमन्त्रीले ट्वीट अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् । "म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु", प्रधानमन्त्रीले भनेका छन्, "तपाईंहरु पनि घरमै बस्नुस्।"
सरकारले कोभिड-१९ को महामारीबाट जोगिन ११ चैतदेखि लागू हुनेगरी देशैभर बन्दाबन्दी (लकडाउन) लागू गरेको छ।
यो अवधिमा सरकारले घरबाट बाहिर निस्कन नपाउने आदेश जारी गरेको छ। त्यसैलाई जोड दिएर प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्।