काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी युवतीको निधन भएको छ ।
यद्यपि उनको निधन कोरोनाकै कारण भएको भनी पुष्टि भएको छैन ।
वीर अस्पतालको निर्देशक डा. केदार सेन्चुरीले उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको बताए ।
उनी भारतबाट यही साता नेपाल आएकी बताउँदै सेन्चुरीले यहाँ ल्याउदाँ युवतीलाई ज्वरो आएको र स्वास फेर्न गाह्रो भइरहेको बताए ।
‘हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका थियौँ,’ उनले भने, ‘यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’
सेन्चुरीले निधन हुने युवती चन्द्रागिरि नगरपालिका १५ की भएको जानकारी दिए ।