काठमाडौँ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा चार दिनयता एक जना पनि सङ्क्रमित थपिएका छैनन् ।
तर जम्मा एक हजार १३३ जना नेपालीमा मात्र यस सम्बन्धी परीक्षण गरिएकोले ढुक्क भएर बस्ने अवस्था छैन ।
स्वास्थ्य मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमित नभेटिएको जानकारी दिइएको हो । उनले देशभरमा ९९ जनालाई आइसोलेसनमा राखिएको बताए ।
यसबीचमा २३ सय जना आफूलाई कोरोनाको लक्षण देखिएको भनेर सम्पर्कमा आएको जानकारी दिँदै उनले त्यसमध्ये १२ जनाको नमुना परीक्षण आवश्यक ठानेर प्रक्रिया अघि बढाएको बताए ।