मंसिर ०७, २०८१, शुक्रबार
               

चीनबाट ल्याएर पोखरा पठाइएको पिपिइमा गाउनमात्रै !

नेपाल फ्ल्यास
चैत १९, २०७६

प्रतिकात्मक फोटो
ADVERTISEMENT

सरकारले चीनबाट ल्याएर पोखरा पठाएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सेटमा गाउनमात्रै भएपछि फेरि अर्को लफडा सुरु भएको छ ।

गण्डकी प्रदेशका लागि पठाइएको सामग्रीको बाकस बुधबार खोल्दा एक हजार थान पिपिइमा गाउनमात्र पाइएको हो । गाउनमात्र पाइएपछि त्यो सामग्री वितरण नगरी थन्काइएको छ ।

पिपिइ सेटमा सिंगो शरीर ढाक्ने सामग्री हुनु पर्छ । त्यसमा टोपी, मास्क, चस्मा, पञ्जा तथा बुट कभरसमेत त्यो सेटमा हुन्छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पोखरामा समस्या आएको स्विकारेका छन् । सरकारले आउँदै कम सामग्री आएको वा मिसप्लेस भएको भन्नेबारे खोजविन गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि