कोरोना भाइरस संक्रमणविरुद्ध ऐक्यबद्ध हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गरेका हुन्।
देउवाले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द तथा तत्कालीन् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गर्दै नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको ट्विटमार्फत जानकारी गराएका हुन् ।