विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश साँसदहरुले १५ दिनको तलब दिने भएका छन् । कोरोना रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गर्ने भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमति प्रदेशमा रिता माझी, रिना गुरुङ्ग, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाहीले जम्मा गर्ने भएका हुन् । प्रदेश अन्तर्गत खुलेको कोरोना नियन्त्रण कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।