मंसिर ०७, २०८१, शुक्रबार
               

कोभिड १९ अस्पताल सञ्चालनमा

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको हाडजोर्नी पुर्नस्थापना केन्द्रमा कोभिड १९ अस्पताल सञ्चालनमा आएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त कोरोना उपचार केन्द्रको निरीक्षण गरेका छन् । 

निरीक्षण पश्चात बोल्दै मुख्यमन्त्री राईले कारोना भाइरसको संक्रमण प्रदेश नं. १ मा बृद्धि भए पनि प्रदेश सरकारले हरतरहले सावधानी अपनाउने काम गरेको बताए । उनले १ नं प्रदेशमा जति जोखिम भए पनि सावधानी उत्तिकै अपनाएकोले कसैले यसमा आत्तिनुपर्ने अवस्था नआएको बताए ।

उनले एक नं. प्रदेशको पनि उदयपुर सबै भन्दा बढी कोरोना संक्रमणा भएको जिल्ला भएकोले त्यस क्षेत्रमा टेष्टको दायरा बढाएको बताउदै आवश्यक देखिए उदयपुरमा कोरोना अस्पताल निर्माण गर्ने बताए । १३ वटा आइसोलेशन वेडसहित १ सय बेडको सञ्चालनमा आएको कारोना उपचार केन्द्रको भवनबाहेक अरु कही पनि कोरोना उपचारका काम नहुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए । 


कस्तो लाग्यो ?

यो पनि