जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रौतहटका दुई जनाको गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरू घर फर्किए । त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
जनकपुरमा नेगेटिभ देखिएकाे रिपोर्ट टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेबम अनुसार परीक्षण स्थगन गरिएको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।