वीरगन्ज । वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । स्वयंले शंका लागेपछि पिसिआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमितलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।