मंसिर ०७, २०८१, शुक्रबार
               

आज एकैदिन १० संक्रमित थपिए, कुल संक्रमित ६९ जना

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपालमा आज एकैदिन १० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

नेपालगन्जमा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन् । यसअघि पर्सा जिल्लाका ३६ वर्षीय एक पुरुषमा जनामा संक्रमणको पुष्टि भएको थियो ।

नेपालगन्जमा गरिएको परीक्षणमा ७ देखि ५८ वर्षभित्रकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालगन्जमा संक्रमितमध्ये ४ जना महिला छन् । कम उमेरका व्यक्तिलाई नेपालमा कोरोना संक्रमण नभएकोमा नेपालगन्जको परीक्षणबाट ७ वर्षका पनि संक्रमित भेटिएका छन् ।

 

सरकारले लकडाउन खुकुलो बनाउनेबारे छलफल गर्दै गर्दा एक्कासी नेपालमा संक्रमित बढेका हुन् ।

नेपालगन्जको परीक्षणमा संक्रमित पुष्टि भएका नौ जनालाई नै नेपालगन्जस्थित कोरोना विशेष अस्पतालमा ल्याइदै गरेको जानकारी प्रवक्ता देवकोटाले जानकारी दिए ।

तीबाहेक ४४ जनाको उपचार जारी छ । विराटनगरमा ३१, वीरगन्जमा ९,  नेपालगन्जमा १, धनगढीमा १, भरतपुरमा १ र वुटवलमा १ जनाको उपचार भइरहेको छ । ती सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य प्रवक्ताको भिडियो हेर्नुस्

 


कस्तो लाग्यो ?

यो पनि