काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीनजना पुरुष र तीनजना महिलामा काेराेना संक्रमण देखिएकाे छ ।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । नेपालगञ्चकाे भेरी अञ्चल अस्पतालमा ९० जनाको स्वाब परीक्षण गरिएकाे थियो । ६० जनाको रिपोर्ट आएको जसमा १५ जना पोजिटिभ आएकाे छ । ४५ को नेगेटिभ देखिएकाे छ भने ३० जनाको रिपोर्ट आउन बांकी रहेकाे मन्त्रालयले जनाएकाे छ ।
योसँगै काेराेना संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।