काठमाडौं । पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।
सजग हुनु परे पनि आत्तिनु पर्ने अवस्था भने यो होइन । यो समाचार तयार गर्दासम्म नेपालमा ७५ जना संक्रमित छन् भने १६ जना उपचारपछि निको भएका छन् ।
उदयपुरमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यसपछि बाँकेमा धेरै संक्रमित छन् । कर्णाली प्रदेशमा अहिलेसम्म कोही संक्रमित भेटिएका छैनन् भने प्रदेश १ मा ३१ जनालाई भाइरसले समाएको छ ।
हेर्नुस् ग्राफिक्स