मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा संक्रमण बढ्दो, पीसीआर परीक्षण भने घटाइँदै

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गए पनि सरकारले पीसीआर विधिबाट गर्ने परीक्षण भने बढाउने सकेको छैन ।

पछिल्लो चार दिनमा हरेक दिन परीक्षणको दायरा घट्दै जाँदा सरकारको तयारीमा प्रश्न उठेको छ ।

कोरोनाको र्‍यापिड टेस्ट बिधिमा धेरै प्रश्न उठिसकेको बेला सरकारले पर्याप्त किटको जोहो गर्न नसक्दा परीक्षणमा कछुवाको शैली देखिएको हो । परीक्षणका लागि प्रयोगशाला एकबाट १८ वटा पुगिसके पनि परीक्षण भने निकै सुस्त छ ।

यसबीचमा बैशाख १७ गते सर्वाधिक ७१७ वटा परीक्षण भएको थियो ।  बैशाख लागेयता बैशाख ७ गते सबैभन्दा कम परीक्षण ६४ वटा गरिएको थियो ।

सरकारले पहिलो चरणमा दिएको विवादास्पद ठेक्का र कमिशन प्रकरणपछि ठेक्का खारेजी, जी टु जी खरिद गरी नेपाली सेनाले ल्याउने भनेको सामान आइनपुग्नु र पछि दिइएको ठेक्का पनि कामकाजी नभएपछि अहिले परीक्षणको किट अभाव भएको हो ।

यस्तो छ पीसीआर विधिबाट गरिएको परीक्षण

मिति कुल परीक्षण दैनिक थप
बैशाख ३ ६८७१ -
बैशाख ४ ७२४० ३६९
बैशाख ५ ७७०२ ४६२
बैशाख ६ ८०१७ ३१५
बैशाख ७ ८०८१ ६४
बैशाख ८ ८४१४ ३३३
बैशाख ९ ८७७३ ३५९
बैशाख १० ९०११ २३८
बैशाख ११ ९२०० १८९
बैशाख १२ ९४०८ २०८
बैशाख १३ ९६६६ २५८
बैशाख १४ ९९३२ २६६
बैशाख १५ १०४७१ ५३९
बैशाख १६ १०८०७ ३३६
बैशाख १७ ११५२४ ७१७
बैशाख १८ १२०११ ४८७
बैशाख १९ १२५७७ ५६६
बैशाख २० १३०९८ ५२१
बैशाख २१ १३४२० ३२२
बैशाख २२ १३६४० २२०
बैशाख २३ १३८५० २१०

कस्तो लाग्यो ?

यो पनि