मंसिर ०७, २०८१, शुक्रबार
               

अब पैसा तिरेर स्वेच्छिक कोरोना परीक्षण गर्न पाइने

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको लक्षण नदेखिए पनि स्वेच्छिक रुपमा शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने भएको छ ।

पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार कोरोना भाइरसको परीक्षणकाे सहजता प्रदान गर्न र  दायरा बढाउन निजी तथा सामुदायिक अस्पतालहरुलाई कोरोना परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएकाे हाे ।

 


कस्तो लाग्यो ?

यो पनि