मंसिर ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित १६४को स्वाब परीक्षण

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरिएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीको जनाको नोजल स्वाब सङ्कलन गरिएको हो । 

प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको जनाइएको छ ।

बैठक अगामी जेठ ११ गते आह्वान गरिएको छ ।   

प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । 

त्यसैगरी, प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उनले बताए ।

उनले भने ‘स्वाब सङ्कलन गरिएका सबैको  पिसिआर विधिबाट कोरोना परीक्षण गरिने बताइएको छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक सुरु हुने जानकारी दिए । 
बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्य मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै उनले सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताए । 

उनले भने, ‘प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क तथा पन्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर आसन ग्रहण गराउने व्यवस्थापनमा जुटेका छौँ ।’

सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोभिड–१९विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सहयोग गर्ने बताए ।

यो पनि