काठमाडौं । झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ ।
३३ जना कोरोना संक्रमित भेटिएपछि साे गाउँपालिका सिल गरिएको हो ।
समुदायमा संक्रमित फैलिन नदिन सो गाउँपालिका सिल गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा हिँडडुल गर्न नपाउने जनाएको छ ।
उनका अनुसार, ज्ल्लिाका क्वारेन्टाइनमा राखिएकामध्ये एक सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
तीमध्ये हालसम्म ३३ जना संक्रमित भेटिएका हुन् ।