काठमाडौं । आइतबार नुवाकोटमा पनि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनासंक्रमण पुष्टि भएको हो ।
नुवाकोटबाट संक्रमितलाई काठमाडौं ल्याउने तयारी भइरहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।