काठमाडौं । मृतकमा कोरोना पोजेटिभ देखिएपछि अन्त्येष्टिमा सहभागी हुने मलामीको खोजी हुन थालको छ ।
केही दिनअघि निधन भएका बाराकरैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि मृतककाे मलामी जानेहरुकाे खाेजी भएकाे हो ।
निधन भएका उक्त पुरुषको निधन भएकै दिन जेठ ४ गते अन्त्येष्टि गरिएको थियो ।
मृतक नेसनल मेडिकल कलेज जनस्वास्थ्यका पूर्वकर्मचारीसमेत रहेको खुलेको छ ।
कोरोनाका कारण निधन भनिएकालाई जेठ २ गते एम्बुलेन्समा लगिएको र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ४ गते मृत्यु भएको खुलेको छ ।
उनको निधनपछि शवलाई उनको परिवारले घर लगी धार्मिक परम्परा पूरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरेको खुलेको छ ।
मृतकको अन्त्येष्टिमा ५० भन्दा बढी सहभागी भएको वडाध्यक्ष वृज चौधरीले जानकारी दिए ।