मंसिर ०७, २०८१, शुक्रबार
               

आइतबारकाे तुलनामा ४ गुणा बढी काेराेना संक्रमित

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार सरकारले  २ हजार ८५६ जनाकाे काेरोना परीक्षण गर्दा नेपालमा १९ जनामा मात्र कोरोना संक्रमित देखियो ।

त्यसपछि धेरैले संक्रमण न्यून हुने आश गर्दै त्यही कामना गरे  । त्यही अनुसार साेमबारकाे नियमित पत्रकार सम्मेलनमा परीक्षणकाे दायरा बढ्ने र संक्रमित घट्ने आशा गरेकाहरू पुन: निराश बन्नु परेका छन् । कारण हाे, परीक्षणकाे दायरा थाेरै मात्र बढ्यो तर संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार परीक्षणकाे दायरा सामान्य बढ्यो । आइतबारकाे तुलनामा ४८ जना बढीकाे परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटा जानकारी दिए । मन्त्रालयका अनुसार साेमबार २ हजार ९०४ जनाकाे परीक्षण गरिएकाे हाे । 

तर परीक्षणकाे दायरा समान्य बढ्दा संक्रमितकाे संख्या भने ह्वात्तै बढेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्यम मन्त्रालयका अनुसार आज ७९ जनामा काेराे संक्रमण देखिएकाे हाे । याे सँख्या आइतबारकाे तुलनामा ४ गुणाभन्दा पनि बढी हाे । 

साथै हालसम्म परीक्षणकाे दायरा तीब्र बनाएकाे सरकारले पिसिआर विधिबाट ५१ हजार ६४२ जनाकाे परीक्षण गरेकाे छ भने आरडिटी विधीबाट ९५ हजार १९२ जनाकाे परीक्षण गरिसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि