मंसिर ०७, २०८१, शुक्रबार
               

रियल टाइम मेसिन सञ्चालनमा

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रदेश नं २ को जनकपुरमा सोमबारदेखि रियल टाइम पिसिआर मेसिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेसिनमध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को केही दिनमै राजबिराजमा सञ्चालनमा आउने जनाइएको छ । 

मेसिन सञ्चालनमा आएपछि स्वाबको नमुना परीक्षणमा तीव्रता आउने विश्वास गरिएको छ । जनकपुरमा सञ्चालनमा आएको सो मेसिनबाट एकपटकमा ९६ वटा स्वाबको नमुनाको परीक्षण हुनेछ । एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेसिनको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले आज प्रयोगशालाको निरीक्षण गरेपछि सञ्चालनमा आएको हो ।

सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा प्रमोद यादवलगायतको सहभागिता थियो ।

जनकपुरमा रियल टाइम मेसिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली राजविराजमा जडान गरिएको अर्को मेसिन सञ्चालन गर्न प्रस्थान गरेको छ । 

राजविराजमा पनि एक÷दुई दिनमा सञ्चालनमा आउने विश्वास गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि