गुल्मी । गुल्मीमा एक जनप्रतिनिधिसहित दुई जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
कार्यालयले गुल्मीका ३६ र ३७ वर्षीय दुई जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ ।
कोरोना पोजेटिभ देखिएका मध्ये एकजना भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएको भन्दै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको बताएको छ ।