मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमितको संख्या थप बढ्ने सीसीएमको प्रक्षेपण

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । 

सीसीएमले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप हुने प्रक्षेपण गरेको हो ।

नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेन्डका आधारमा सीसीएमले यस्तो आँकलन गरेको हो ।

कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणले यस्तो देखाएको बताउँदै नेपाली सेनाका मेजर डा. नवीन फुयाँलले थप पूर्वतयारी गर्नुपर्ने सन्देश दिएको बताए । 

सथै, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भारत, चीन, स्पेन, इटलीलगायत मुलुकको अध्ययन र अभ्यासका आधारमा यस्तो प्रक्षेपण गरिएको बताए । तर, उनले यो प्रक्षेपण सतप्रतिशत नमिल्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि