काठमाडौं । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि भएको छ । । बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जजनाएको छ ।
सो मन्त्रालयले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी यसबारे जनाकारी दिएको हो । बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा जनाए अनुसार प्रदेश अस्पताल, सुर्खेत–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजिभिट आएको छ ।
पञ्चपुरी नगरपालिका–९, विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बसेका युवक बुधबार घर गएका थिए। बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । बिहीबार बिहान २ः१५ बजे युवकको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।