मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनालगायत जुनसुकै रोग प्रतिरोधात्मक क्षमता बढाउन तुलसी लाभदायक

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

कोरोनाको महामारीले विश्व आक्रान्त छ । यसविरुद्धको भ्याक्सिन र औषधिको खोजी भइरहेको भएतापनि खास उपलब्धि भने हात पार्न सकिएको छैन ।

नेपालमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा हुनसक्ने फाईदाबारे चर्चा हुन थालेको छ । यसै सन्दर्भमा चिकित्सकले दिएका टिप्सको आधारमा हामीले तुलसी पत्ताका फाइदाबारे जानकारी दिन छौँ ।

मानिसलाई शरीरमा कहिलेकाहिँ अक्सिजन कमी हुने गर्छ । विभिन्न उँचो भागमा रहेका तिर्थस्थल जाँदा पनि धेरैलाई लेक लागेर स्वास्थ्य समस्या सिर्जना हुन्छ । त्यसरी अक्सिजन कम हुनेले तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

हिन्दू धर्मअनुसार हरेकको घरमा तुलसी रोपिन्छ । हिन्दूधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।

हामी आँगनको एक कुनामा तुलसी रोपेर यसको लाभ लिन सक्छौं । आँगनमा मठ राख्ने ठाउँ छैन भने कौसी वा छतमा पनि रोप्न सकिन्छ । विभिन्न रोगको औषधिको काम गर्ने तु्लसी यो सुगन्धित वनस्पतिले वायुमण्डलमा बहने दूषित हावालाई शुद्धीकरण गर्छ ।

तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ । घरमा यो रोप्दा दाहिनेतिर पार्ने गरीन्छ । यसले मानिसमा सकारात्मक उर्जा प्रदान गर्छ । नेपालीहरुले पूजाआजा गरेर यसको स्याहार गर्छन् कतै व्यवसायिक खेती पनि हुन्छ ।

अहिले कोरोनाको पहिलो लक्षणका रुपमा लिइने रुघाखोकी, हाच्छ्यु आउनु, खोकी लाग्नु तथा श्वासप्रश्वासमा आएका समस्यालाई हाम्रो भान्छाका बहुगुणी तत्वले भरीएका मसला तथा आँगनीमा रोपिने तुलसीले धेरै फाइदा पुर्‍याउँछ । यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा दिन्छ।

तुलसी सेवनका फाइदाहरु

-रोग प्रतिरोधात्मक क्षमताको विकास यसको पात, डाँठ, फूल, दाना, जरा रसको रुपमा प्रयोग गर्न सकिन्छ ।

-स–साना बालबालिका, वृद्धवृद्धा र गर्भवतीका लागि विशेष फाइदा तर गर्भावस्थाका महिलाले धेरै प्रयोग नगर्ने, चिकित्सकसँग परामर्श लिएर प्रयोग गर्न सकिन्छ ।

-चिसोबाट बच्नका लागि (यसको पात डाँठ जराको प्रयोग)निकै उत्तम छ । 

- टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ ।

- मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

- मुख गनाउने समस्याबाट छुट्का

- तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

- बान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने

- दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

- तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

- तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन ।

- तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।

- कानको दुखाइ चट्टै पार्न पनि यसको प्रयोग गरिन्छ ।

– यसको पत्ताको धुलो चियाको रुपमा सेवन गर्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि