मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा शुक्रबार थप ४३ जना डिस्चार्ज, यस्तो छ अन्य संख्यात्मक अवस्था

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप ४३ जना कोरोना संक्रमित डिस्चार्ज भई फर्केको बताएको छ । 

मन्त्रालयले यो सँगै कोरोना भाइरसको संक्रमणपछि डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको जनाएको छ । 

यसरी कोरोना भाइरसलाई जिती डिस्चार्ज हुनेमा प्रदेश १ बाट७६, प्रदेश २बाट १२१, बागमती प्रदेशबाट ३२, गण्डकी प्रदेशबाट ३, प्रदेश ५ बाट ९२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशबाट ७ जना कोरोना संक्रमणलाई जिती डिस्चार्ज भएका छन् । 

जसमा यसमा २७२ जना पुरुष र ६१ जना महिला रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयले पीसीआर विधिबाट ८८ हजार ३६६ जना र आरडीटीबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण गरिएको जनाएको छ । 

क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका र आइसोलेशनमा २ हजार ५६८ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । 

हालसम्म नेपालमा कुल काेरोना संक्रमितकाे संख्या २९९२ पुगेको छ । 

त्यसैगरी, नेपालमा कोरोनाका कारण नेपालमा जम्मा ११ जनाले ज्यान गुमाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि