काठमाडौं । निको नहुँदै कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट शुक्रबार पूरा निको नभई ६ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
अस्पतालले उपचाररत बाबुछोरी सहित ६ जनालाइ शुक्रबार डिस्चार्ज गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई निको नभई डिस्चार्ज गरिएको सो असपतालले जनाएको छ ।
अस्पतालले भन्यो, ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएकाले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’
अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।
उनीहरु यही जेठ ८ गते भारतबाट नेपाल आएका थिए ।