काठमाडौं । उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।
उद्योग मन्त्रालयमा छलफलमा जुटेका निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
लकडाउनसम्बन्धी गम्भीर छलफल भएको जानकारी दिँदै शुक्रबार भएको छलफलमा सहभागी सबैले सरकारलाई लकडाउन खोल्न सल्लाह दिएको बताए ।
त्यस्तै, उद्योग मन्त्रालयले पनि छलफलमा सहभागी भएकाले लकडाउन खोल्ने सुझाब प्राप्त भएको बताएको छ ।
लकडाउनबारे धारणा बनाउन सरकार पछिल्लो चरण विभिन्न सरोकारवालासँग छलफलमा जुटेको छ ।
त्यसै क्रममा उद्योग वाणिज्य मन्त्रालयले शुक्रबार उद्योगी व्यवसायीसँग छलफल गरेको हो ।