मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा कोरोनाविरुद्धको औषधि परीक्षण सुरु भएको वनविज्ञान संस्थानका डाक्टरको दाबी

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले आफूले नेपालमै कोरोनाविरुद्धको औषधिको परीक्षण सुरु गरको बताएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत परीक्षण प्रक्रिया आफूले तयार पारेको औषधिको परीक्षण सुरु गरेको बताए ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारबाट सो औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेको उनले जानकारी दिए । 

औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले प्रदेशका विज्ञ तथा प्रतिष्ठित वैज्ञानिकसँग छलफलसमेत गरेका छन् । छलफलपछि सो औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी बताए । 

‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ’,उनले भने । 

उनले डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने पनि बताए । 

आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्दै डाक्टर दासले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेको बताए । 

साथै, उनले नौमध्ये ६ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन प्रयोग गर्न सकिने र तीन प्रकारका औषधि सङ्क्रमणपछि रोगको निदानका लागि प्रयोग गर्न सकिने बताए । 

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ । 

डाक्टर दासले सो औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए । 

‘तर, उनले द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको बताए । 


कस्तो लाग्यो ?

यो पनि