काठमाडौं । कोरोना संक्रकण पुष्टि भएको २४ घन्टा बितिसक्दा पनि भोजपुरका बिरामी अस्पताल जानबाट वञ्चित भएका छन् ।
उनीहरु एम्बुलेन्सको अभावका कारण अस्पताल जानबाट वञ्चित भएको बताइएको छ ।
जिल्लाभित्र ५ वटा एम्बुलेन्स भएका तर, दुईवटा बिग्रेर थन्किएका र अन्य बिरामी लिएर धरान, विराटनगर झरेकाले उनीहरुलाई अस्पताल लैजान नसिकएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
उनले बिरामीलाई जोकोही गाडीले बोक्न नमानेपछि आफूहरुले एम्बुलेन्स खोजी गरिरहेका बताए ।
उनले धरानबाट एम्बुलेन्स भोजपुर आए त्यही एम्बुलेन्समा नभए पनि चाडै अस्पताल पठाउने तयारी गरिरहेको बताए ।
संक्रमित ५ जनालाई अरुण गाउँपालिकाको जरायोटारको होल्डिङ एरियामा राखिएको बताइएको छ ।
उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको बताइएको छ।
कोरोना पुष्टि भएका सबै षडानन्दा गाउँपालिकाका भएको बताइएको छ ।
उनीहरु यसअघि भारतमा रहेका र यही लकडाउनको अवधिभित्र रुपन्देहीको सुनौली नाका हुँदै सिधै होल्डिङ एरिया जरायोटार ल्याइएको बताइएको छ ।