काठमाडौं । बैतडीको क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु भएको छ । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा एक पुरुषको मृत्यु भएको हो ।
पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय ती व्यक्तिको भारतबाट फर्किएको दिनमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ पाटनले जनाएको छ । शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट आएका उनको शनिबार राति क्वारेन्टाइनमै मृत्यु भएको छ ।
मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतक व्यक्तिसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन आएको बताइएको छ ।