मंसिर ०७, २०८१, शुक्रबार
               

थुनामा रहेका बलात्कार आरोपीमा कोरोना

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिरासतमै रहेका एक बलात्कार आरोपीमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पालुङ्टार नगरपालिका वडा –७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा रहेका थिए । उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

हिरासतमा हाल उनीसहित दुईजना रहेका छन् । उनलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ । उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि