मंसिर ०७, २०८१, शुक्रबार
               

सोमबार ३१४ थप हुँदा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

मुलुकमा कोरोना भाइरसका ३ सय १४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । प्रवक्ता जागेश्वर गौतमले सोमबार दिएको जानकारी अनुसार नयाँ कोरोना संक्रमितमध्ये २ सय ९४ पुरुष रहेका छन् । २०  महिला रहेका छन् । कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए ।

स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको प्रवक्ता गौतमले बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।
सोमबारसम्म देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

आइसेलेसनमा रहने बिरामीको संख्या ३ हजार २ सय ६०  छ । हालसम्म कुल १ लाख ९ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ । १ लाख ५६ हजार ९ सय ९१ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । आरडीटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि