काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक लाखभन्दा बढीको कोभिड–१९ आरटीडी, पीसीआर परीक्षण गरिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा चार हजार सात सय ६६ को पीसीआर टेस्ट गरिएको बताएको छ ।
मन्त्रालयले त्यसक्रममा तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
साथै, अहिलेसम्म पीसीआर टेष्टको संख्या एक लाख नौ सय ७१ पुगेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ९४२ आरडीटी टेष्ट गरिएको जनाएको छ ।
मन्त्रालयले कुल आरडीटी टेस्टको संख्या कुल १ लाख ५६ हजार नौ सय ९१ पुगेको जनाएको छ ।
मन्त्रालयले हाल १ लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।