पाल्पा । आइसोलेसनमा उपचाररत एक व्यक्तिको निधन भएको छ ।
पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको निधन भएको हो ।
सोमबार बिहान उनको निधन भएको अस्पताल सूचना अधिकारीले जानकारी दिएका छन् ।
निधन भएका व्यक्तिमा स्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेजस्ता समस्या देखिएको अस्पतालले जनाएको छ ।
उनी आइतबार अस्पताल भर्ना भएका थिए ।
उनको आइसोलेसनकक्षमा उपचमारका क्रममा निधन भएको बताएका छन् ।
उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी छ ।