मंसिर ०७, २०८१, शुक्रबार
               

दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

 चितवन । चितवन जिल्लाको भरतपुर जिल्लामा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक रहेका बताइएको छ ।

कोरोना संक्रमित हुनेमा भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एकजना महिला स्वास्थ्यकर्मी रहेका छन् । 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ६ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एकजना रहेको बताए । 

त्यसैगरी, नवलपुरका पाँचजना र धादिङका एकजनामा पनि कोरोना पुष्टि भएको छ ।  

अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

भरतपुर अस्पतालका डा प्रमोद पौडेलले सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत ६ जनाको सोमबार गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । 


कस्तो लाग्यो ?

यो पनि