मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा फेरि थपिए २४ जना संक्रमित, कुल संख्या १४४ पुग्यो

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् ।

संक्रमितहरु सबै पुरुष रहेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । यस्तै, बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि