काठमाडौं । नेपालमा बिहीबार २५० जना काेरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १ जनामा संक्रमण देखिएकाे हाे ।
याे सँगै नेपालका काेरोना संक्रमितकाे संख्या ४ हजार ६१४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ। बिहिबारमात्रै १ सय ८७ डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।