मंसिर ०७, २०८१, शुक्रबार
               

अस्पतालबाट फर्कँदै गर्दा निधन भएका व्यक्तिमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

अर्घाखाँची । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परी बुटवलमा उपचार गराएर फर्कँदै गर्दा निधन भएका ५७ वर्षीय व्यक्तिमा कोरोना संक्रमण भएको छ । 

उनको मृत्यु कोरोनाकै कारण भएको  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले बताए । 

जेठ २३ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि  पुनः उनलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । 

त्यहाँ पनि उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर, त्यहाँ पनि उपचार नभएपछि उनलाई घर फर्काइएको थियो । उनको घर फर्कने क्रममै निधन भएको थियो । याे सँगै अर्घाखाँचीमा काेरोनाका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि