काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो ।
जस अनुसार मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको छ ।
आज भेटिएका मा नवलपरासी पूर्वका १८ जना रहेका छ न् । त्यस्तै, तनहुँका १२ जना र गोरखाका ११ जना रहेका छन् । य सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।