काठमाडौं । क्वारेन्टाइनबाट घर पठाइएका एक व्यक्तिको निधन भएको छ ।
र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि बर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको हो ।
उनी गत जेठ २२ गते काठमाडौंबाट बर्दिया घर गएका थिए ।
उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई बिहीबार घर पठाएको थियो ।
त्यसैगरी, दार्चुलामा पनि र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ ।
मार्मा गाउँपालिका-३ का २१ वर्षीय युवकको निधन भएको गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका बताए । उनी पनि उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका थिए ।
उनी ब्याङ्ग्लोरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका थिए ।
उनको धनगढी सेती प्रादेशिक अस्पतालमा आरडीटी टेस्ट गरिएको र साेको रिपार्ट रिपोर्ट नेगेटिभ आएको थियो।