काठमाडौं । फोक्सोको क्यान्सर भएर केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्धले कोरोनालाई पराजित गरी डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका वृद्धले आत्मबाल नै कोरोनाको औषधि भएको बताएका छन् ।
भरतपुर महानगरपालिका–६ केशरबागका वृद्ध शुक्रबार कोरोनालाई पराजित गरी डिस्चार्ज भएपछि शुक्रबार उनले यस्तो बताएका हुन् ।
उनी जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना भएका थिए ।
क्यान्सरको उपचार गराएर दिल्लीबाट नेपाल फर्केका उनमा कोरोना पुष्टि भएको थियो ।