मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४० पुग्यो

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४० पुगेको छ । सोमबार स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको छ । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको छ । 

यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरकाे बौँदीकाली गाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । योसँगै गण्डकी प्देशमा कुल संक्रमित संख्या ५४० पुगेको हो । 


कस्तो लाग्यो ?

यो पनि